काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ।
गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ।
पाकिस्तान सरकारले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तान र भारतको युद्ध नजिकिएकै समयमा ट्रम्पले कूटनीतिक क्षमता देखाएको उल्लेख गरेको छ।
गएको मे महिनामा हात हतियारले पूर्ण भएका दुई छिमेकी भारत र पाकिस्तान द्वन्द्व चलिरहेको समयमा चौथो दिन अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोकिने बताएका थिए।एजेन्सी

June 22, 2025, Jyotishsanchar press

