एसईईको नतिजा प्रकाशित : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ । जस अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएकाे छ ।

सार्वजनिक नतिजा अनुसार ३.६ जिपिएदेखि ४ जिपिएसम्म ल्याउने ४८ हजार १७७ तथा ३.२ देखि ३.६ ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ रहेको छ । ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् अर्थात यो प्रतिशतमा परिक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

कसरी हेर्ने नतिजा ?

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ ।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

२०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

See Exam

June 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको