मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ ।

मलेसियामा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइलनमा प्रवेश गरेको हो ।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍याे ।

आजकाे खेलमा नेपालका परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै, शिवान्श बजगाईंले २३ रन जोडे । खेलमा मलेसियाका नागिनिश्वरमले १ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले ४३ ओर १ बलमा अलआउट हुँदै ९० रन बनाएको थियो ।

Nepal Cricket

July 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको