सन्दर्भ गुरूपूर्णिमाः को हुन् गुरु ?

पं-बालमुकुन्द देवकोटा

काठमाडौँ । ०८२ साल असार २६ गते बिहीबार आषाढ शुक्लपक्ष पूर्णिमा तिथी हुनाले यो दिन गुरुपूर्णिमा परेकाे छ । गुरु व्यास पूजा हो।

यो नित्यमच्युतपदाम्बुज -युग्मरुक्म व्यामोहतस्त दितराणि तृणाय मेने।
अस्मद् गुरोर्भगवतो sस्य दयैकसिन्धो :रामनुजस्य चरणौ शरणं प्रपद्दे।।
श्रीयोगिराज रघुनाथगुरो :प्रशिष्यम्,श्रीमज्जनार्दनगुरुत्तम शिष्यरत्नं।
वेदान्तयुग्मनिपुणं सुलभंशुशिलम,श्रीदेवराज गुरुवर्य शरणं प्रपद्दे।।

जसले मनुस्यहरुलाई सदमार्गमा लाग्नका लागि अभिप्रेरित गर्दै सामाजिक परिवेशको पाठ सिकाउँदै समाजमा शिक्षाको ज्ञान बाँड्दै नर {मानिस }लाई नारायण बनाउने काम गर्दछ , भुक्ति र मुक्ति दिने गर्दछ त्यहि गुरु हो। “गु “अर्थात् अन्धाकार ,”रु “अर्थात् प्रकाश दिनेवाला , जसले अँध्यारोबाट उज्यालोतिर , अज्ञानबाट -सद्ज्ञानतर्फ उन्मुख गराउँदछ त्यो गुरु हो।

ब्रह्मतत्वलाई जानेको, अनुभूत गरेको, बताउन सक्ने, दक्ष शिक्षकहरुलाई गुरु भनिन्छ। गुरु आफू पनि फुकेको र अरुलाई पनि फुकाउन सक्ने हुनुपर्दछ। बाँधिएको गुरुले अरुलाई फुकाउन सक्दैन, आफू पनि मुक्ति हुनेवाला र अरुलाई पनि मुक्तिसम्म दिन सक्ने हुनुपर्दछ।

किन मान्नु पर्दछ भन्दा गुरु बिना ज्ञान नहुने हुँदा ज्ञान प्राप्त गर्नका लागि गुरुलाई साक्षात ईश्वर मान्नु पर्दछ। त्यसपछि “एवं गुरुपदेशेन मनो निश्चलतां नयेत्। न तु स्वेन प्रयत्नेन तद् बिना पतनं भवेत्”//अर्थात् गुरुको उपदेशले मनलाई स्थिर गरेर आफ्नाे मिहिनेतले होइन किनकि बिना गुरुको उपदेशले जीवको पतन हुन्छ। त्यसैले तृष्णारुपी सियोले प्वाल पारिएको, बिषयरुपी घिउले भिजाइएको र राग -द्वेषरुपी आगोले पकाइएको मानवलाई मृत्युले अवश्य खान्छ । त्यसैले मृत्युको मुखबाट बचनका लागि गुरुको वचन मानी उहाँको पछिलाग्नु पर्दछ।

“धर्मस्य तत्वं निहितं गुहायां महाजनो यन गत :स पन्था “अर्थात् धर्मतत्व आत्मभित्र {हृदयमा }आच्छादित हुन्छ। त्यसर्थ महात्मा गुरुहरु जुन मार्गमा हिड्नुहुन्छ त्यहि मार्ग नछोड्नु नै धर्म प्राप्तगर्ने सहज उपाय हो। सर्वप्रथम भगवान नारायणलाई ब्रम्हाजीले गुरु मान्नुभएको, ब्रम्हालाई नारदले र त्यसपछि शिष्य परम्परा चल्दै आएको थियो। गुरु मान्नाले “गुरुमुख्या :क्रिया :सर्वा :भुक्तिमुक्ति फलप्रदा :/तस्माद् सेव्यो गुरुर्नित्यं मोक्षार्थिभि :समाहितै ://अर्थात् गुरु सबैको भुक्ति -मुक्तिको कारकतत्व हुनुहुन्छ। मोक्ष वा योग्यता चाहने शिष्यहरुले गुरुको सेवागर्दै विद्या आर्जन गरोस। यसरी आर्जन गरेको विद्याबाट आफूले पद र प्रतिष्ठा प्राप्त गर्न सकिन्छ।

त्यसैले भगवान श्रीकृष्णले सान्दिपनिलाई गुरु मानेर चौंसठ्ठी दिनमा चौंसठ्ठीकला विद्या प्राप्त गर्नुभएकोले गुरु मान्नु पर्दछ। गुरु सबैको आश्रयदाता हो किनकी गुरुको अनुग्रहले शिष्यको लौकिक आचार -ब्यवहारको ज्ञान -बिज्ञान प्राप्ति हुँदै अनि मोक्ष पद प्राप्त हुन्छ। “सर्वेषामेव लोकानं यथा सूर्य :प्रकाशक :/गुरु :प्रकाशकस्तद्वच्छिष्यणां बुद्धिदानत :”//अर्थात् सूर्य सम्पूर्ण लोकको प्रकाशित गर्नुहुन्छ त्यस्तै प्रकार गुरु शिष्यको उत्तम बुद्धि दिएर अन्तर जगतको प्रकाशपूर्ण बनाइदिनुहुन्छ। जस्तो – सूर्य दिनमा प्रकाश दिनुहुन्छ, चन्द्रमा रातमा प्रकाश दिनुहुन्छ र दियोले केवल घरको भित्र मात्र उज्यालो दिन्छ। तर गुरुले आफ्नाे शिष्यको हृदयको सदा प्रकाश फैलाउनुहुन्छ अनि शिष्यको अज्ञानमय अन्धकार नाश हुन्छ। त्यसैले शिष्यको लागि गुरु सबैभन्दा ठूलो उत्तम तीर्थ हो।

यो सम्झेर शिष्यले उचित सवतरिकाले प्रसन्न {खुसि }राख्दै गुरुको पुण्य जानेर उहाँलाई मन ,वाणी र शरीरले आराधना गर्नुपर्दछ। “निन्दयेद्वा गुरूं देवं वेदं वा सोपबृंहणम् /”कल्पकोटिशतां साग्रं रौरवे पच्यते नर :”//अर्थात् जो गुरु ,देवता ,वेद अथवा इतिहास ,पुराणको निन्दा गर्दछ। त्यो मानिस सयकरोड बर्षभन्दा धेरै कालसम्म रौरव नरकमा पर्दछ।त्यसैले निन्दा गर्नु हुँदैन , गुरुको सद्वचनमा विश्वास गर्नु, गुरुको पूजा भगवान सम्झेर गर्नु, गुरुले दिएको जे पनि मन्त्र हुन्छ त्यो जप्ने गर्नु यदि आफूलाई शंका लागेमा “तद्वीद्धि प्रणिपातेन परिप्रश्नेन सेवया। उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्वदर्शिन ://अर्थात् त्यो ज्ञान प्राप्तगर्न गुरुलाई साष्टाङ्गदण्डवत् गरि सेवाका साथ अत्यन्त विनितभावले प्रश्न गर्नु पर्दछ अनि ज्ञानी र तत्वदर्शी गुरुहरुले उपदेश गर्नेछन र “गुरुर्वाक्यं सदा सत्यं ” गुरुले दिएको ज्ञानलाई सधैं सत्य पूर्णविश्वास भयोभने मोक्ष पनि हुन् बेरलाग्दैन।

त्यसैले बालक ध्रुवले गुरु नारद ऋषिले दिएको मन्त्रले ध्रुवलोक भेट्टाए ,प्रल्हाद मोक्ष भए। गुरु सानो, ठुलो, बुढो ,युवक ,तन्नेरी,जड ,चेतन ,थावर ,जङ्गम भन्ने हुँदैन जो बाट ज्ञान पाइन्छ त्यो गुरु हो। जस्तो दत्तात्रेयले जस -जसबाट ज्ञान प्राप्त गर्नुभयो त्यस -त्यसलाई चौबिस गुरु मान्नु भएको थियो। गुरुको महिमा धेरै अपरम्पार छ र गुरुको परीक्षा कसैले गरेमा असल , ज्ञानी गुरुले श्राप दिएमा लाग्छ जस्तो भगवान श्रीकृष्णका छोराहरु शाम्व आदिले जिस्काएकोले “बिश्वामित्रो असित:कण्वो दुर्वासा भृगुरङ्गीरा :/कश्यपो वामदेवो अत्रिर्वसिश्ठो नारदादय :”//अर्थात् विश्वामित्र, असित, कण्व, दुर्वासा, भृगु , अङ्गिरा , कश्यप , बामदेव , अत्रि , वसिष्ठ र नारद ऋषिहरुलाई द्वारकाको नजिक पिण्डारक क्षेत्रमा छोरा मान्छेलाई छोरी मान्छे बनाएर परीक्षा गरेकाले ऋषिहरुले रिसाएर “मुसलं कुलानाशनम् “अर्थात् मूसल पैदा हुन्छ। जसले तिमीहरुको कुल नै नाश गर्नेवाला हुन्छ भनेर श्राप दिएकाले यदुबंसी कृष्णको सखाप भए।त्यसैले गुरुको परीक्षा गर्नु हुँदैन । गुरु भन्ने चिनेर मान , फरकपर्ला ईश्वरको बिधान।

Guru Purnima

July 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको