सुदूरपश्चिम पराजित गर्दै प्रधानमन्त्री कप कब्जा

काठमाडौँ ।  प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो।

सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीका लागि इम्रान शेखले सर्वाधिक ४६ रनको योगदान दिए।

यसअघि नारायणी क्रिकेट मैदान, वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा अलआउट हुँदै १६१ रनमै सीमित भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको