तुलसा अर्याल खनाल
कावासोती/ आफ्ना सेयर सदस्यहरू वित्तीय कारोबारमा अग्रसरता हुन् र आत्मनिर्भरता बन्न सकुन् भन्ने उद्देश्यले वित्तीय सहकारी साक्षरता एकदिन तालिम सम्पन्न भएको छ।
श्री शिव मन्दिर महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आयोजना मा कावासोती नगरपालिका वडा नम्बर२का वडा अध्यक्ष शिवप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथिको आसनबाट बोल्दै पाण्डेले महिला दिदीबहिनीहरु संघ संस्थामा रहेर यसैगरी बचत गर्ने बानी बसाली समाजलाई रूपान्तरण गर्न सक्नुपर्नेमा जोड दिनुभयो उहाँले सहकारी भनेको एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नु नै सहकारी हो। र यस महिला सहकारीले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू गर्दै जानुहोस् हाम्रो वडाको तर्फबाट गर्नुपर्ने सहयोग सदैव रहने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी वित्तीय साक्षरता सम्बन्धित तालिम लुम्बिनी आदर्श डिग्री कलेजका प्राध्यापक माधव पराजुलीले सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथि सहभागीहरूलाई स्वागत गर्दै संस्थाकी उपाध्यक्ष तुलसा अर्याल खनालले हामी महिला दिदीबहिनीहरू अनावश्यक रुपमा खर्च गर्छौं ती खर्चलाई कम गर्दै थोरै बचत गरियो भने भोलिका दिनमा आफूलाई आवश्यक परेमा खर्चको जोहो गर्न सकिने र थोरै बचतले आत्मनिर्भरता बन्न समेत प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष गीतादेवी अर्यालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव सुमित्रा सिग्देलले गर्नुभएको थियो।


