आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट शुभारम्भ गरिने: प्रधानमन्त्री शाह

काठमाडौं। आज बसेको मन्त्रिपरिषद्को बैठकका प्रमुख निर्णयहरु अन्तर्गत आगामी शैक्षिक सत्र १५ गतेबाट शुभारम्भ गरिने निर्णय भएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले आठवटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गडिजिटल नेपाल रूपान्तरण परियोजनाका लागि Asian Development Bank  World Bank बाट क्रमशः ४० मिलियन अमेरिकी डलर ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

दिगो तथा समावेशी वित्त परियोजनाका लागि World Bank बाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले दिएको राजीनामा स्वीकृत गर्ने।

पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थाहरूमा शनिबार आइतबार सार्वजनिक बिदा दिने।

शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको कार्यालय समय बिहान बजेदेखि साँझ बजेसम्म कायम गर्ने।

डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने।

आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको