दीप प्रज्वलन कार्यक्रम सम्पन्न

 

तुलसि देवी खनाल

नवलपुर ।  नववर्षको पूर्वसन्ध्यामा कावासोतीको फलफुल चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

विश्व हिन्दु युवा परिषद् नवलपुर जिल्ला कार्यसमितिको आयोजनामा २०८३ को पूर्व सन्ध्या को अवसर पारेर सिद्धार्थ आवासीय माविका प्रधानाध्यापक भोजराज दाहालको अध्यक्षतामा दीप प्रज्लन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता गर्दै दाहालले २०८३ सालले सम्पूर्णमा भातृत्वको सम्बन्ध विस्तार हुँदै जाओस्। आटेका कामहरु पुरा हुन् र राष्ट्रमा शान्ति होस् भन्ने कामना रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्व हिन्दु युवा विश्व हिन्दु परिषद् कि उपाध्यक्ष तुलसि देवी  खनाल संस्थाका सचिव बेलनाथ अधिकारी ज्यू लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरू समाजका बुद्धिजीवी धार्मिक व्यक्तित्व र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा उपस्थित जनहरूले एकआपसमा शुभकामना आदानप्रदान समेत गर्नुभएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको