लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

काठमाडौँ । लेबनानइजरायल बीच १० दिने अस्थायी युद्धविराम लागू भएको छ। Donald Trumpले हिजो मात्र उक्त युद्धविराम सुरु हुने घोषणा गर्नुभएको थियो।

दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने उद्देश्यसहित वार्ताको वातावरण बनाउन यो युद्धविराम गरिएको जनाइएको छ। अमेरिकी विदेश विभागले दुवै देशले युद्धविराम कार्यान्वयन गरेको पुष्टि गरेको छ।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले यसलाई सकारात्मक कदमका रूपमा स्वागत गर्नुभएको छ। यसैबीच, लेबनानी सेनाले दक्षिणी क्षेत्र सुरक्षित नभएसम्म नागरिकलाई घर नफर्कन आग्रह गरेको छ भने इजरायली सेनाले कब्जा क्षेत्र नजिक नआउन चेतावनी दिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको