काठमाडौँ उपत्यकामा २४ घण्टामा २,७२२ चालक कारबाही, २७ लाखभन्दा बढी राजस्व संकलन

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४६ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने २३६, रातो बत्ती जथाभावी काट्ने १८१, तीव्र गतिमा सवारी चलाउने १५४, लेन अनुशासन उल्लङ्घन गर्ने ३४२, फुटपाथमा सवारी चलाउने १३७, हर्न निषेध उल्लङ्घन गर्ने ५५, ओराल्ने र चढाउने क्रममा नियम तोड्ने ५६ तथा अन्य विभिन्न कारणमा १,५१५ चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उक्त कारबाहीबाट कुल २७ लाख २७ हजार ६ रुपैयाँ राजस्व संकलन भएको छ।

प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत भएको भन्दै शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन १०३ वा प्रहरी हटलाइन १०० मा जानकारी गराउन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको