शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ

काठमाडौँ ।  नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख ९० हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले वृद्धि भई चार हजार १५० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार सुन दुई लाख ८८ हजार ४०० रुपैयाँ र चाँदी चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको