काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ। हावाहुरी र वर्षाका कारण साँझ ५ बजेतिर नै उपत्यका आसपासका क्षेत्रमा अँध्यारो छाएको थियो।
जल तथा मौसम विज्ञान विभागले यसअघि विशेष चेतावनी जारी गर्दै देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने सम्भावना रहेको जनाएको थियो।

