मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक, गत वर्ष करिब १५ हजारले गरे भ्रमण

काठमाडौँ । प्रसिद्ध पर्यटकीय गन्तव्य मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन्।

एमक्यापका सूचना अधिकारी भुवन ओझाका अनुसार विदेशी तथा स्वदेशी गरी १४ हजार ८९९ जनाले मनास्लु भ्रमण गरेका छन्। उनले २०८१ को तुलनामा पर्यटक संख्या करिब चार हजारभन्दा बढीले वृद्धि भएको बताए।

वर्षका वैशाख, जेठ, असोज र कात्तिक महिनामा सबैभन्दा बढी पर्यटक आएका थिए भने केही बेमौसमी महिनामा पनि संख्या उल्लेखनीय रूपमा बढेको देखिएको छ। यद्यपि चैत महिनामा भने पर्यटक आगमन घटेको एमक्यापले जनाएको छ।

संस्थाका अनुसार विश्वका विभिन्न क्षेत्रमा देखिएको तनावले वैश्विक पर्यटन प्रभावित भए पनि मनास्लु क्षेत्रमा भने पर्यटक आगमन निरन्तर वृद्धि भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको