थवाङको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित जलजला जाने सडकखण्डमा बिहीबार भएको जीप दुर्घटनामा मृत्यु भएका सबै २० जनाको पहिचान खुलेको छ।

रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दिउँसो करिब २ बजे सडकबाट करिब ८ सय मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा सिस्ने गाउँपालिका–५, रुकुम पूर्वका विभिन्न व्यक्तिहरू, दाङको घोराही उपमहानगरपालिका तथा शान्तिनगर गाउँपालिकाका बासिन्दा रहेका छन्।

मृतकहरूको शव रुकुमकोट अस्पतालमा राखी पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने तयारी गरिएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको