जलवायु परिवर्तन र हिमाली क्षेत्रका समस्या समाधानमा स्विट्जरल्याण्डसँग सहकार्य गर्न नेपाल इच्छुक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्याण्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभएको छ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा नेपाल भ्रमणमा रहनुभएका स्विट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेज नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रिया, लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासमा स्विट्जरल्याण्डले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो।

उहाँले स्विट्जरल्याण्डका लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू प्रभावित रहेको समेत उल्लेख गर्नुभयो।

त्यस अवसरमा राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनलाई सम्बोधन गर्न पूर्वसूचना प्रणाली महत्वपूर्ण रहेको बताउँदै यस क्षेत्रमा नेपालसँग सहकार्य गरेर अघि बढ्न स्विट्जरल्याण्ड इच्छुक रहेको जानकारी दिनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको