दुई स्कार्पियोमा गाँजा लोड गर्दै गर्दा पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर

सुनसरी । सुनसरीको धरान–२० च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

प्रहरीले आज बिहान करिब ३ बजे गोप्य सूचनाका आधारमा छापा मार्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको हो। गाँजा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियोमा लोड भइरहेको थियो।

पक्राउ पर्नेमा चार जना नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको