प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा अवरोध सिर्जना गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराउनु भयो । ढिलो गरेर शुरु भएको सभाको बिहीबारको बैठकमा विपक्षी दलहरुले बैठकको कारबाही शुरु भएसँगै अवरोध गरेका हुन् ।

भिजिट भिसाको आवरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् । निरन्तरको संसद अवरोधका कारण आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानमाथिको छलफल प्रभावित भएको छ ।

Samsad Meeting

June 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको