बाढीपहिरो प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा, परिवारलाई आवास सहायता

काठमाडौँ । सरकारले बुढीगण्डकी नदीमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण बाढीपहिरोबाट अति प्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गोरखाका चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ तथा बागलुङका गलकोट र ढोरपाटन नगरपालिका विपद् संकटग्रस्त क्षेत्र घोषित भएका हुन्।

प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि चार जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यबापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। यो सहायता वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनासम्म प्रदान गरिने सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बताउनुभयो।

यसैबीच, मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको