आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

June 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको