आज विभिन्न चार समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिका बैठक बस्दैछन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मिति २०८२ साउन २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी हुने सम्मेलन आयोजना सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ८ बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण हुनेछ । बैठक बिहान साढे १० बजे हुनेछ । यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे सुरु हुनेछ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

June 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको