प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबारका लागि तोकिएको बैठक बस्न नसकेपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

संसद् अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफल हुन सकेको छैन।

Samsad Meeting

June 6, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको