काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ।
भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अफ्ठ्यारो परिस्थितीमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गर्नुभयो ।
उहाँले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गर्नुभयो । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताउनु भयो । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताउनु भयो ।

June 7, 2025, Jyotishsanchar press

