नेपाल बुद्धिजीवी परिषद् काभ्रेद्वारा विचार गोष्ठीको आयोजना

बनेपा । नेपाल बुद्धिजीवी परिषद् काभ्रेद्वारा शनिबार बनेपामा नेपाली अर्थतन्त्रको वर्तमान संरचना र त्यसलाई समाजवादोन्मुख तुल्याउन गर्नुपर्ने कार्यका बारेमा एकदिने विचार गोष्ठीको आयोजना गरियो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभाका सांसद गोकुल बाँस्कोटा प्रमुख अतिथी रहनुभएको कार्यक्रममा अर्थविद् नरबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । परिषद्का काभ्रे जिल्ला अध्यक्ष केशव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थविद् थापाले समाजवादोन्मुख अर्थतन्त्र के हो, यसको आवश्यकता के छ लगायतका विषयमा प्रष्ट पानुभएको थियो । उहाँले समाजवादी अर्थतन्त्रको अभ्यास नेपालमा के र कसरी भइरहेका छन् भन्ने जानकारी दिँदै समाजवादले सामुहिकतामा विश्वास गर्ने बताउनुभयो ।

उहाँका अनुसार साम्यवादमा व्यक्ति बलियो र समाज कमजोर हुन्छ । त्यसैले साम्यवादी देशहरुमा यो व्यवस्था खारेज भइसकेको छ । भारतले समाजवादलाई आत्मसाथ गरिरहेकाले विश्वमै चौथो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उहाँले बताउनुभयो । नेपालमा समाजवादको नारा फुक्दै भ्रष्टाचार मौलाएकाले अहिलेको सन्दर्भमा यसले सही तरिकाले काम गर्न नसकेको अर्थविद् थापाको भनाइ छ । कार्यक्रममा विज्ञ निलम शर्माले देशको अर्थतन्त्र बलियो भए मात्र समग्र देश समृद्धि हुनेमा जोड दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद बाँस्कोटाले देशका तीन क्षेत्र अर्थतन्त्रका मुख्य खम्बा भएकोमा सहकारीमा राजनीति प्रवेश गरेकाले कमजोर भएको तर्क गर्नुभयो । नेपालका सबैजसो दलहरुले समाजवादलाई अंगालिरहेका उल्लेख गर्दै उहाँले चुनाव जित्नु नै देशको लिडर भएँ भन्ने भ्रम नेताहरुमा हुनु नै देश असफल हुनुको कारण भएको बताउनुभयो ।

कार्यक्रममा परिषदका अध्यक्ष केशव थापाले देशका बौद्धिक वर्गले सबै वर्गलाई समाजवादी अर्थतन्त्रका बारेमा बुझाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध रहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

3

June 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको