काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेकाे छ। शुक्रबार स्थिर भएकाे सुन आज ताेलामा तीन हजारले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा ५ रुपैंयाँले घटेर दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

June 8, 2025, Jyotishsanchar press

