काठमाडौँ । सुनचाँदी व्यवसायीहरुले सुनचाँदीका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध ध्यानाकर्षण गराउने भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाईमा व्यवसायीहरु आन्दोलित भएका हुन् । आइतबार उनीहरुले न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्यालीसहित आन्दोलन गरेका हुन् । कानूनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो ।

June 8, 2025, Jyotishsanchar press

