नेप्से परिसूचक ११.०६ अंकले घट्याे

काठमाडौं । साताको पहिलो शेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २ हजार ६२९.८९ विन्दुमा अडिएको छ।

बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा अडिएको थियो।

आज ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

चिलिमे हाइड्रोपावर र छ्यांदी हाइड्रोपावरको शेयर ८:०१ /८:०१ अंकले बढ्दा हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो । आज ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको शेयर कारोबार भयो।

Nepse Down

June 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको