एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा विरोधीहरु छन्ः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउनु भयो ।

अब १३ महिनापछि फेरि नेपाली काँग्रेसलाई नेतृत्व सुम्पिने दाबी गर्नुभयो । उहाँले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गर्नुभयो । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्ति र देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने मिसन भएको बताउनु भयो ।

बहुमत ल्याउने दाबी काँग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्ने कुरा आफ्नो ठाउँमा रहेको बताउनु भयो । प्रधानमनत्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहनुभएको बताउनु भयो ।

1748699024 Giauq

June 8, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको