आज २३.१९ अंकले बढ्याे नेप्से, कति भयाे काराेबार ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २३.१९ अंकले बढेको छ । आज नेप्से ०.८८ प्रतिशतले बढेर २ हजार ६५३.०९ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम भने घटेको छ । आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये होटल तथा पर्यटन, जीवन बिमा र व्यापार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

होटल तथा पर्यटन समूहको परिसूचक ०.२५ प्रतिशतले घटेको छ । जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ । व्यापार समूहको परिसूचक ०.४४ प्रतिशतले घटेको छ ।

आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ । ५६ कम्पनीको मूल्य घटेको छ भने साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य स्थिर छ ।

Share

June 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको