सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनु पर्छः देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउँदै उहाँले सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनु भयो ।

पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनु भयो । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउँदै हिउँ पग्लिरहेको र हिमाल नाङ्गो भइसकेको बताउनु भयो ।

Deuba

June 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको