शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएकाे उपेन्द्र यादवकाे आराेप

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण संघीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभएको छ।

संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा उहाँले संघीय सरकारमा बसेकाहरुको मानसिकता नै एकारात्मक रहेको बताउँदै यसले संघीयतालाई नोक्शानी गरिरहेको बताउनुभएको हो । उहाँका अनुसार आगामी वर्षका लागि सरकारले ल्याएको बजेट संघीयताको मर्म अनुरुप छैन ।

उहाँका अनुसार आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको छ । यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने उहाँले बताउनु भयो ।

Upendra Yadav

June 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको