मोहन वैद्य १२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्छ।

उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उहाँ शिक्षण अस्पतालको आइसियुमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजनस्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो ।

1749541818 Wzlop

June 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको