काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा पुगेको छ ।
नेप्से ०.९४ प्रतिशतले बढेसँगै कारोबार पनि बढेको छ । आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर कारोबार भएको छ ।
दिनभरमा १९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । मंगलबार २११ वटा कम्पनी कारोबारमा आउँदा ८१ हजार ७३८ पटक शेयर किनबेच भएको छ ।
१३ वटा समूहमध्ये सबै समूह बढेको छ । सबैभन्दा बढी फाइनान्स समूह ५.१२ प्रतिशतले बढेको हाे ।

June 10, 2025, Jyotishsanchar press

