नागरिकतासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

मंगलबार सिंहदरबारमा बसेकाे समितिको बैठकले उक्त विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो । समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिनुभयो ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

1749542916 Rczjl

June 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको