काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आइतबार ताेलामा तीन हजारले घटेकाे सुन साेमबार एक सयले घटेकाे थियाे भने मंगलबार ६ सयले घटेकाे थियाे । तर आज भने एक हजार तीन सयले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार तीन सयमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

June 11, 2025, Jyotishsanchar press

