गृहमन्त्रीको राजीनामा आउँदैन : प्रवक्ता गुरुङ

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिटै सुचारु हुने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुचारु हुने बताउनुभएको हो । भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

अख्तियारले एउटा कर्मचारीमाथि छानबिन शुरु गरेको र कर्मचारीमाथि छानबिन शुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पार्नुभयो । उहाँले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गर्नुभयो । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको बतउनु भयो ।

गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको बताउनु भयो ।

1749024167 Ffjqc

June 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको