काठमाडाैं । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेका छन् ।
भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण बुधबारको बैठक पनि प्रभावित बनेको छ। बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अगाडि बढ्न सकेन ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजीसहित विरोध गरिरहेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।

June 11, 2025, Jyotishsanchar press

