काठमाडाैं । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ ।
बिहीबार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रश्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताउनुभएको हो ।
उहाँले नेपाली काँग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौता बमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

June 12, 2025, Jyotishsanchar press

