शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट छः गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ।

बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विद्यालय शिक्षा विधेयकबाट यसको समाधान हुने बताउँदै उहाँले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लोस्तरमा पुग्न जरुरी रहेको बताउनु भयो ।

त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदलिकन सम्भव नरहेको जिकिर गर्नुभयो । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताउनु भयो ।

Gagan

June 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको