काठमाडाैं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्तापक्ष तयार भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभएको छ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानबिन गर्न सत्तापक्षले प्रतिवद्धता जनाएको दाहालले बताउनुभएको हो । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानबिनका लागि सत्तापक्षबाट प्रतिबद्धता आएपछि प्रतिपक्षी दलहरुबीच समेत सकारात्मक वातावरण बनेको बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तापक्षसँग थप छलफल चाहेको उहाँको भनाइ छ । अध्यागमन कार्यालयमा लामो समयदेखि समस्या रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष गम्भिर हुन जरुरी रहेकोसमेत बताउनु भयो ।

June 12, 2025, Jyotishsanchar press

