काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो ।
प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश भएको हो ।
गत चैत १५ मा तीनकुनेमा राजावादी आन्दोलनका क्रममा घटेका घटनाका विषयमा जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

June 13, 2025, Jyotishsanchar press

