पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछुः देउवा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताउनुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताउनु भयो ।

अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताउँदै उहाँले अब बोल्ने नभएर काममा ध्यान दिनुपर्ने बताउनु भयो । पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्ने कुरामा लाग्ने बताउनु भयो । सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताउँदै पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्टरुपमा उल्लेख गर्ने प्रतिबद्धता जनाउनु भयो ।

1749208115 Hyycr

June 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको