काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदनको अवरोध हट्ने बताउनुभएको छ ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँँले हस्ताक्षरको अन्तिम तयारी भइरहेको र हस्ताक्षरपछि सदन खुल्ने जानकारी गराउनु भयो ।
लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् । शुक्रबारबाट भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले अवरोध नगर्ने बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग आफूहरुको मुलभुत विषयमा केही फरक नरहेको र रास्वपाले आफ्ना अडानहरु केही समयका लागि विरोध गरेरै जानसक्ने बताउनु भयो ।

June 13, 2025, Jyotishsanchar press

