लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेका राजेन्द्र लिङ्देनकाे आराेप

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको बताउनुभएको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १८ दिनदेखि संसदमा नाटक मञ्चन भइरहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको बताउनु भयो । उहाँले बहादुरीका साथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।

Rajendra Legdain

June 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको