काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गर्नुभएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिकरुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भयो । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गर्नुभयो ।
मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनु भयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो ।

June 13, 2025, Jyotishsanchar press

