दुईवटा समितिको बैठक आज बस्ने

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक आज बस्दैछ । शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, संसदीय सुनुवाइ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा बस्नेछ । बैठकमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषदका सदस्यको संसदीय सुनुवाइ सुरु गर्ने तयारी छ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

June 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको