आज सुनको भाउ चार सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य चार सयले बढेकाे छ ।

शुक्रबार एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यता आज चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेकोमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

Gold

June 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको