काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद अवरोध गरेको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले संसदको कारबाही शुरु गर्दा रास्वपा र राप्रपाले उभिएर विरोध जनाएको हो ।
सभामुख घिमिरेले नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न समय दिनुभएसँगै रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी शुरु गरेका छन् ।

June 15, 2025, Jyotishsanchar press

