नेप्से परिसूचक ० दशमलव ४७ अंकले बढ्याे

काठमाडौं । आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आज शेयर बजार परिसूचक ० दशमलव ४७ अंकले बढेर २ हजार ६५५ दशमलव ८५ विन्दुमा पुगेको हो ।

शेयर बजारमा ९० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ६७ अंकले घटेर ४५३ दशमलव ४१ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज १३ उपसूचकमध्ये ८ उपसूचकको शेयर मूल्य घटेको छ भने ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share Circuit Breaker Jzzwh0y1ke

June 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको