काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई स्वीकृति दिएको छ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिकरुपमा स्वीकृति दिएको हो।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने ‘संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रम’को चौथो सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

June 17, 2025, Jyotishsanchar press

