नेप्सेमा ३.९० अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २ हजार ६५४.७५ को विन्दुमा कायम भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको कारोबार भएको छ ।

आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भयाे । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Nepse Down

June 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको